अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जना नक्कली परीक्षार्थी कसुरमा पक्राउ

अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जना नक्कली परीक्षार्थी कसुरमा पक्राउ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार,३१ वैशाख, २०८२

काठमाडौं । प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको अनुसन्धान प्रतिवेदन अनुसार , अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार काठमाडौं जिल्ला अदालतमा लोकसेवा ऐन र लिखतसम्बन्धी कसुरमो मुद्दा दायर भएको छ ।

अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित मुद्दा दायर हुनेहरूमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का २० वर्षीय उमेश कुमार झा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २२ वर्षीय आकाश खड्का भनिने तिलक खड्का, जुम्लाको तिला गाउँपालिका–३ का २२ वर्षीय मुनबहादुर रावत, सुर्खेतको लेकबेशी नगरपालिका–५ का २२ वर्षीय मनोज शर्मा भनिने मनोज बाबु शर्मा, दोलखाको जिरी नगरपालिका–९ का २३ वर्षीय मोहन सुनुवार छन् ।
मध्य बानेश्वरस्थित रत्न राज्य क्याम्पसबाट उनीहरू पक्राउ परेका थिए ।

आठ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । फरार प्रतिवादीहरूमा सुर्खेतका २४ वर्षीय चित्रबहादुर बाठा, दैलेखको गुरास गाउँपालिका–८ का २० वर्षीय रविकिरण केसी, दैलेखकै भगवतीमाई गाउँपालिका–६ का २२ वर्षीय रमेश खड्का, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–४ का २० वर्षीय नवीन कुमार मल्ल, दैलेखकै गुरास गाउँपालिका–४ का १९ वर्षीय भुवन मल्ल, जुम्लाको तिला गाउँपालिका–३ का २३ वर्षीय वसन्त रावत, दैलेखकै २८ वर्षीय नारायण शाही भनिने नारायण कुमार तिरुवा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का २८ वर्षीय सागर शर्मा छन् ।

पक्राउ परेका शाहीसहितका ६ जना प्रतिवादीहरूको काठमाडौंको जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा बयान सकिएपछि थुनछेक बहस हुनेछ ।