एउटै परिवारका पाँच जना चोरीमा संलग्न

एउटै परिवारका पाँच जना चोरीमा संलग्न

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार २जेठ २०८२

कास्की ।  पोखरामा चोरीमा संलग्न एउटै परिवारका पाँच जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कट्टप्पा भन्ने सुवास बिक , उनकै ठूलो बुवाको छोरा विमल बिक , मामा दुर्गा बहादुर थापा , फुपुका छोराहरू गणेश सुनार र सुरेश बिक छन् ।

प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला आठ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको एउटा मोटरसाइकल र स्कुटर समेत बरामद गरेको छ ।

उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।