बजार घट्दा पनि मूल्य धेरै बढेका केही कम्पनी

बजार घट्दा पनि मूल्य धेरै बढेका केही कम्पनी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार, २ जेठ ,२०८२

काठमाडौं । गत साता भन्दा यो साता सेयर बजार १.८७ प्रतिशत (५०)ले अंक घटेको छ। बजार घटे पनि केही कम्पनी भने मूल्य वृद्धि भएको  छ
बजार यो साता २६११ मा झरेको छ । गत साता २६६१ अंकमा बन्द भएको छ र चारै दिन बजार घट्यो ।

सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । पहिलो दिन आइतबार १२.५३ अंक घटेको बजार मंगलबार १४.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंक घट्यो ।

आइतबार १० अर्ब २० करोडको कारोबार भएकोमा मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड तथा बिहीबार ७ अर्ब ८ करोडमा खुम्चियो । यसप्रकार कारोबार रकम पनि खुम्चिँदै गएको छ ।

यो साता होटल तथा पर्यटन सेक्टरले राम्रो प्रदर्शन गरेको छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ७.३० प्रतिशत बढ्यो । साथै विकास बैंक समूह १ प्रतिशत बढ्यो ।

होटल तथा पर्यटन सेक्टर बाहेक सबै सेक्टर यो साता घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।