शनिबार, जेठ ३, २०८२
काठमाडौं ।काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किराँत राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समुदायले आज टुँडिखेलमा साकेला उभौली उत्सव सामूहिक रूपमा मनाएका छन् ।
गएको वैशाख २९ गते वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाइए पनि शनिबार साकेला उभौली उत्सवको आयोजना गरिएको हो । किराँत समुदायमा वैशाख शुक्ल पूर्णिमाका दिन उभौली र मंसिर शुक्ल पूर्णिमामा उधौली पर्व मनाउने गरिन्छ ।
किराँत मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चराचुरुंगीको नक्कलसहित नृत्य गर्दै आपसमा खुसियाली साटेर यो पर्व मनाउने गरिन्छ ।
वैशाख पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ । प्रकृतिको पूजा गरे बाली सप्रने किराँत राई समुदायको धार्मिक विश्वास छ ।
प्रतिक्रिया