जनबलमा माओवादी पार्टी सत्तामाः प्रचण्ड

जनबलमा माओवादी पार्टी सत्तामाः प्रचण्ड

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार, जेठ ३, २०८२

डोटी । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको बताएका छन् ।

शुक्रबार देखि सुरु ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’अन्तर्गत शनिबार डोटीमा आयोजित सभामा उनले आफ्नो दललाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

उनले भने, “हामीलाई तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।”

अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । रासस