आइतबार, जेठ ४, २०८२
काठमाडौंं । आइतबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बिजुली गइरहेको विषयलाई सरकारको आयुसँग जोडेकी छन् ।
उनले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी हुन् ।
उनले प्रश्न गरिन् , “आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,”
माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो ? भनी प्रश्न गरेर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया