आइतबार, जेठ ४, २०८२
काठमाडौं । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद रामेश्वर चौधरी नियुक्त भएका छन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले चौधरीलाई मन्त्रीमा सिफारिस गरेको थियो ।
प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।
अध्यक्षको निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया