नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, ४ जेठ २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गरिरहेका छन्।

पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाशशरण महत बीच महाधिवेशन र समसामयिक राजनीतिक जस्ता बिषयहरुमा छलफलभएको थियो ।

उनीहरूबीच कांग्रेसको १५ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको सहभागी एक नेताको भनाइ छ।

सभापति देउवानिकट पूर्वपदाधिकारीले यसअघि पनि यस्तै खालका छलफल गर्दै आएका छन्।

१५ औं महाधिवेशनमा देउवा सभापति उठ्न नमिल्ने भएपछि त्यो बेलासम्म देउवा समूहलाई एकढिक्का राख्ने र सभापति पदमा सहमतिमै उम्मेदवारी दिने गरी उनीहरूले छलफललाई तीव्रता दिइरहेका छन्।

कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने हो तर सभापति देउवाले विधानअनुसार थप एक वर्ष कार्यकाल थप गर्ने संकेत यसअघि नै गरिसकेका छन्।

क्रियाशील सदस्यता नवीकरणका काम ढिलाइ हुँदा केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिकासमेत ल्याउन सकेको छैन।
अहिलेसम्म ७७ मध्ये ४ जिल्लाबाट मात्रै क्रियाशील सदस्यताको नवीकरण सूची केन्द्रमा आएको छ।