काभ्रेको धुलिखेलमा विद्युतको पोलमा करेन्ट लागेर मृ*त्यु भएका उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने

काभ्रेको धुलिखेलमा विद्युतको पोलमा करेन्ट लागेर मृ*त्यु भएका उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार ४ जेठ,२०८२

काभ्रे ।  काभ्रेको धुलिखेलमा विद्युतको पोलमा करेन्ट लागेर मृ*त्यु भएका उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।

विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र उपेशकी श्रीमती रश्मिलाबीच आइतबार सहमति भएको हो ।

सहमति अनुसार, परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउन निर्माण सेवाका प्रोपाइटर धिताल मञ्जुर भएका छन् ।