‘कुलमान घिसिङको शैली र तदारुकताले दिमाग लगाएर काम गरे ठूलो परिणाम निस्कने रहेछ भन्ने देखायोः पूर्णबहादुर तामाङ

‘कुलमान घिसिङको शैली र तदारुकताले दिमाग लगाएर काम गरे ठूलो परिणाम निस्कने रहेछ भन्ने देखायोः पूर्णबहादुर तामाङ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, ५ जेष्ठ २०८२,
काठमाडौं । शनिवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यक्षमताको प्रशंसा गरेका छन् ।

उनले घिसिङको सक्रियता र कामप्रतिको लगावमा प्रभावित भएको पनि बताए । गत पुषमा ऊर्जा मन्त्रालयमा बैठक चलिरहँदा एउटा ट्रान्समिटर बिग्रिएको खबर आएको बेला घिसिङले तत्काल फोन गरेर समस्या समाधानको व्यवस्था मिलाएको र १५ मिनेटमै काम सम्पन्न भएको घटनाले आफू छक्क परेको स्मरण गरेका छन्,।
तामाङले भने, ‘बिहान ६ बजेदेखि हरेक ठाउँमा फोन गरेर काम गर्ने उनको शैली र तदारुकताले दिमाग लगाएर काम गरे ठूलो परिणाम निस्कने रहेछ भन्ने देखायो,’ ।

यसअघि गत वैशाख १० गते तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीबाट बर्खास्त भएका थिए । उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसकै खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । तामाङले घिसिङको कार्यकारी निर्देशक पदबाट बर्खास्तीको विरोध गर्दै आएका थिए ।