सोमबार ,५ जेष्ठ २०८२,
काठमाडौं । रवि लामिछाने ,(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति)को बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ।
यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पेसी परेको थियो । तर, आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँ पटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा तोकिएको छ ।
अब भने उनको निवेदनमा सुनुवाइ हुने देखिएको छ । नत्र यसअघि पाँचपटक पेसी तोकिए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भनी सुनुवाइ गरिरहेका थिएनन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गतेदेखि रुपन्देही कारागारमा छन् ।
तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले जेठ ५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
प्रतिक्रिया