सांसद छिरिङ डम्डुलद्धारा हुम्लाका बाढी प्रभावितलाई राहत माग

सांसद छिरिङ डम्डुलद्धारा हुम्लाका बाढी प्रभावितलाई राहत माग

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, जेठ ५, २०८२

काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले १८ घर परिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेको बताए । उनले हुम्लाको तिलगाउँमा हिमताल फुटेर तहसनहस भएको क्षेत्रका बासिन्दालाई उचित राहतको माग गरेका छन् ।

हुम्लाको तिल्चुङ खोलामा बिहीबार राति एक्कासि बाढी आएको थियो । लामाकानुसार, २१ महिला, ९ पुरुष र दुई बालक त्रिपालमा छन् । उनले उक्त स्थानको निरीक्षण र संरक्षणमा पनि ध्यान दिन आग्रह गरे ।

“उक्त स्थानमा निरीक्षण, संरक्षण र उचित राहतका लागि पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्छु,” उनले भने ।