‘अपरेशन सिन्दूर’को विवरण सत्य तथ्य नबुझाएको भन्ने बारे भाजपाले राहुललाई लगायो संगिन आरोप

‘अपरेशन सिन्दूर’को विवरण सत्य तथ्य नबुझाएको भन्ने बारे भाजपाले राहुललाई लगायो संगिन आरोप

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, जेठ ६, २०८२

काठमाडौं । भारतीय प्रतिपक्ष दलका नेता राहुल गान्धीमाथि त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले अपरेशन सिन्दूर’को विवरण सत्य तथ्य नबुझाएको आरोप लगाएको छ ।

नेता गान्धीले विदेशमन्त्री एस जयशंकरलाई ‘अपरेशन सिन्दूर’ सैन्य अभियानमा भारतीय वायुसेनाले कतिवटा युद्धक विमान गुमाएको हो त्यो विषयमा सत्यतथ्य नबताएको आरोप लगाएको भारतीय संचार माध्यमले जानकारी दिए ।

भाजपाका प्रवक्ता सीआर केशवनले राहुल गान्धीले भारतीय सेनामाथि अविश्वास गरेको आरोप लगाएको समाचार संस्था एसियन न्युज इन्टरनेसनल जनाएको छ ।

राहुल गान्धीले देश, सरकार र भारतीय सेनाप्रति अविश्वास देखाउँदै आएको र अहिले उनी पाकिस्तानको प्रोपोगान्डा प्रमुख भएर बोलेको केशवनको आरोप छ ।

मे ११ मा भारतीय सेनाले गरेको पत्रकार सम्मेलनमा सबै तथ्यहरू प्रस्तुत गर्दागर्दै पनि राहुल गान्धीले सेनामाथि अविश्वास गरेको आरोप केशवनले लगाए ।

भाजपा नेता गौरव वल्लभले राहुल गान्धीले कति पाकिस्तानी विमान र मिसाइलहरू खसालियो भनेर सोध्नुपर्ने भन्दै तर कांग्रेस सांसदले यी प्रश्न नसोध्ने बताए ।

उनले भने, “राहुल गान्धीले भारतीय विमान कति खस्यो भनेर सोध्दै छन् जबकि उनले पाकिस्तानी विमान कति खसे भनेर सोध्नुपथ्र्यो । तर उनी पाकिस्तानको भाषा बोल्छन् ।”

भाजपाले राहुल गान्धीमाथि यस्तो आरोप लगाउँदा प्रतिपक्षी दलहरूको गठबन्धन ‘इन्डिया गठबन्धन’ले भने गान्धीको पक्ष लिएका छन् ।

कांग्रेस नेतृ सुप्रिया श्रीनतेले भाजपालाई जवाफ दिँदै लोकसभा विपक्षी नेताले प्रश्न सोध्दा आक्रमण गर्नु गलत रहेको बताइन् । सरकारले पाकिस्तानलाई किन अपरेशन सिन्दूरको पूर्वसूचना दिएको र हाफिज सईद र मसूद अजहरलाई चेतावनी दिएर किन भाग्न दिएको भन्दै प्रश्न उठाइन् ।

डीएके पार्टीका प्रवक्ता टीकेएस इलंगोवनले राहुल गान्धीले केबल तथ्य सोध्दै गरेको बताउँदै भाजपाले यस विषयमा वक्तव्य दिनुपर्ने बताए ।

विपक्षी नेता राहुल गान्धीले सोमबार पुनः अपरेशन सिन्दूरमा भारतीय वायुसेनाले कति विमान गुमाए भन्ने विषयमा विदेशमन्त्री जयशंकर चुप लागेको आरोप लगाए ।