विश्वनाथ पौडेल गभर्नरमा नियुक्त हुने

विश्वनाथ पौडेल गभर्नरमा नियुक्त हुने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, ६ जेठ, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

बिभिन्न संचार माध्यमहरुका अनुुसार लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्ति गर्ने चर्चा थियो । यद्यपि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए ।

उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए ।

बिहानै सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । सो भेटमा देउवाले ओलीलाई भनेका थिए, ‘अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो । बाहिर पनि हल्ला धेरै भयो ।’

त्यसपछि देउवाले अघि सारेका पौडेललाई नै गभर्नर बनाएर अघि बढ्न प्रधानमन्त्री ओली पनि सहमत भएको उच्च स्रोतले बतायो ।

प्रधानमन्त्री ओली कांग्रेसले नै अघि बढाएको मान्छेलाई गभर्नर नियुक्त गर्न सुरुदेखि नै प्रतिबद्ध थिए ।

आजै साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्दैछ । सो समितिको बैठकले गभर्नरको रुपमा पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।