बुधबार, जेठ ७, २०८२
काठमाडौं । काठमाडौं गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ बजे गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ। बस दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ ।
क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् ।
दुर्घटनामा परेर जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई हाल काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङको हलेसी घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका निम्ति सिनामंगल स्थित केएमसी अस्पताल पठाइएको छ । बस चालक भने फरार रहेको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रतिक्रिया