शनिबार, जेठ १०, २०८२
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागे गरेको छ । नेपाली राजनीतिप्रति घृणाको कारक नबन्न पनि गृहमन्त्रीलाई सुझाव दिएको छ ।
“विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ,” रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शनिबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया