कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार ,११ जेष्ठ २०८२,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि पार्टीभित्रै पनि एकथरीले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव आइरहेको छ । भोलि बस्ने बैठकमा यस विषयमा छलफल होला वा नहोला त्योे भोलि नै थाहा हुनेछ ।

तर, मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएको बताएका छन् ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

पौडेलले भने,‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुनेछ ।