पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दिने रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दिने रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, जेठ ११, २०८२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दिने रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो,’’ उनले भने ।

शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।