युवा संघमा नेतृत्व हत्याउन थेबे र पुरीको प्रतिस्पर्धा

युवा संघमा नेतृत्व हत्याउन थेबे र पुरीको प्रतिस्पर्धा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार,१२ जेष्ठ २०८२,

पोखरा । पोखरामा जारी युवा संघको १०औँ राष्ट्रिय अधिवेशनमा दुई प्यानल नै (वर्तमान अध्यक्ष क्षितिज थेबे र सुमन गिरी) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै अध्यक्षका लागि पछि नहट्दा चुनाव हुने भएको हो ।

संघको नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरी १९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो ।

शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी विफल भएपछि प्रतिनिधिको दबाबबीच आइतबार उम्मेदवारी मनोनयन भएको थियो । अध्यक्षमा क्षितिज थेबेलाई नै दोहोर्याउन प्रयास गरिएपनि निवर्तमान सुमन पुरी पछाडि नहट्दा प्यानल नै मतदानमा जाने गरी मनोनयन भएको हो ।

प्यानलै मनोनयन दर्ता भएर प्रारम्भिक उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको भएपनि दाबीरविरोध, उम्मेदवारी फिर्ताको समय भने सोमबार बिहानमात्र प्रदान गरिने निर्वाच अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

उनले भने, ‘मनोनयन गर्ने उम्मेदवारहरुको सूची टुंग्याएर टाँसेका छौं । दाबीविरोध, उम्मेदवारी फिर्ताको काम सकेर भोलिमात्र अन्तिम नामावली प्रकाशन गर्ने भएका छौं ।’ उनले आज दिउँसोबाट बल्ल मतदान सुरु हुने सम्भावना रहेको बताए ।

नेताहरुले केही निर्णय, निर्देशन गर्न सक्ने भएकाले पनि आइतबार राति नै दाबी, विरोध र उम्मेदवारी फिर्ताको काम नटुंग्याइएको नेताहरुको भनाइ छ । निर्वाचन अधिकृत पोखरेलका अनुसार पदाधिकारीका लागि परेको मनोनयमा अध्यक्ष क्षितिज र सुमनको मात्र परेको छ भने उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ । क्षितिज समूहबाट उपाध्यक्षमा माहाराज गुरुङ, सुमन समूहबाट प्रकाश गौतम र राजान थापाले स्वतन्त्र रुपमा मनोनयन गराएका हुन् ।

महासचिवमा भने क्षितिजको प्यानलबाट महेश चौलागाईं, सुमनको प्यानलबाट कुबेर अधिकारीको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा क्षितिज प्यानलबाट उपेन्द्र शाही र सुमन प्यानलबाट खेम शर्माले उम्मेदवारी दिएका छन् ।

१५१ जनाको केन्द्रीय कमिटी, लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवकोसमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित नेताहरुको दबाबले पनि सर्वसम्मत हुन नसकेको हो ।

ओलीले क्षितिजलाई नै अध्यक्षमा दोहोर्याउन निर्देशन दिएको भएपनि अर्का अध्यक्षका आकांक्षी सुमनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा मतदानबाटै नेतृत्व टुंग्याउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य र शीर्ष तहका नेताहरुलेसमेत आफ्ना उम्मेदवारलाई जिताउन सर्कुलर र सन्देश पठाइरहेका छन् भने अझैपनि केन्द्रबाट कुनै निर्णय वा निर्देशन आउन सक्ने आशंकासमेत प्रतिनिधिहरुले गरेका छन् ।