युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप – अमेरिका चुप लागेर बस्दा पुटिनलाई प्रोत्साहन मिलेको छ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप – अमेरिका चुप लागेर बस्दा पुटिनलाई प्रोत्साहन मिलेको छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, जेठ १२, २०८२
काठमाडौं । युक्रेनविरुद्ध रुसले हालै गरेका आक्रमणपछि अमेरिका चुप लागरे बस्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन मिलिरहेको ,युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आरोप छ।

रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले यो आरोप लगाएका हुन् । रुसले युक्रेनविरुद्ध गएराति ३६७ ड्रोन र मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमण सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयताकै एकै रातमा सबैभन्दा धेरै ड्रोन र मिसाइल प्रहार भएको बीबीसीले जनाएको छ ।

युक्रेनभर व्यापक रूपमा गरिएको उक्त आक्रमणमा ९३ बच्चासहित कम्तीमा १२ जना मारिएका छन् । दर्जनौँ घाइते भएको समाचारमा उल्लेख छ ।

रूसी नेतृत्वलाई कडा दबाब नदिएसम्म रूसको अमानवीय कदमलाई रोक्न नसकिने जेलेन्स्कीले बताएका छन् ।

युक्रेनी वायु सेनाले स्थानीय समयानुसार शनिबार राति ८ः४० देखि रूसले २९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल युक्रेनविरुद्ध प्रयोग गरेको बताएको छ । यसमा ४५ क्रुज मिसाइल र २६६ ड्रोन नष्ट गरेको वायु सेनाले दाबी गरेको छ । यसबाट युक्रेनको धेरै क्षेत्र प्रभावित भएको छ । २२ स्थानमा आक्रमण भएको छ । जेलेन्स्कीले ३० भन्दा बढी सहर र गाउँहरूमा उद्दारकर्मीहरू कार्यरत रहेको बताए ।

युद्धबिरामका लागि अन्तर्राष्ट्रिय आग्रह बढ्दै गए पनि रूसले युद्धविरामको मागलाई बेवास्ता गर्दै हवाई अभियान तीव्र पार्दै गइरहेको छ । यसले युद्ध रोकिने संकेत देखाएको छैन ।

यसअघि पुटिनले युद्ध रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति लक्षित गर्दै जेलेन्स्कीले भने, “संसार भ्याकेसन ९छुट्टी०का लागि जान सक्छ । तर, युद्ध सप्ताह अन्तत र नियमित दिनहरूमा पनि जारी रहन्छ । यसलाई बेवास्ता गर्न सकिँदैन । अमेरिका र विश्वका अन्य देशहरूले यसबारेमा केही नबोल्दा पुटिनलाई प्रोत्साहन मिलिरहेको छ ।”

जेलेन्स्कीले अमेरिका चुप लागेर बसेको भन्नुको अर्थ सम्भवतः अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्ध लगाउन असहमति जनाएको हुनसक्ने बताइएको छ । रूसले युक्रेनमा आक्रमण जारी राख्दा अमेरिकाले अहिलेसम्म कडा कदम चाल्न अस्वीकार गरेको छ । बीबीसी