विपक्षी दलको बैठकले संसद् अवरोध जारी राख्ने निर्णय गर्यो

विपक्षी दलको बैठकले संसद् अवरोध जारी राख्ने निर्णय गर्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, जेठ १४, २०८२

काठमाडौं । बुधबार नयाँ बानेश्वरस्थित नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेता सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएन ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन् । सोही कारण हिजो पनि सदन बस्न सकेन ।