बुधबार, जेठ १४, २०८२
काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सदनको अवरोध खुलाउने विषयमा छलफल भइरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्र्र्दै प्रतिपक्षले सदन अवरोध जारी राख्ने जनाएको छ । सत्तापक्षले गृहमन्त्रीले जवाफ दिने बताएका छन् ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । सांसदहरू पर्खाइमा छन् ।
प्रतिक्रिया