आइतबार १८ जेष्ठ २०८२
काठमाडौं । प्रधानमन्त्री ओलीले आजमधेश प्रदेशमा एकैपटक ६४ सडक शिलान्यास गर्ने भएका छन् ।
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला स्मृति भवनबाट एकैपटक ६४ वटा सडकको शिलान्यास गर्ने भएका हुन् ।
प्रदेशका ८ वटै जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले जानकारी दिए ।
यसका लागि १२ अर्ब ७० करोड रुपैयाँको स्रोत सुनिश्चित गरी टेण्डर समेत भइसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया