कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक आजदेखि चार दिन बन्द

कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक आजदेखि चार दिन बन्द

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार २१ जेष्ठ २०८२,

काठमाडौं । कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक आजदेखि चार दिन पूर्ण रुपमा बन्द भएको छ । बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान गर्न लागिएकाले उक्त सडक चार दिन बन्द गरिएको हो ।

यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने छ । यो अवधिमा हेटौंडा–काठमाडौं आउने जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुझाएको छ ।

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक रहेको छ ।