एमालेको शिक्षक संगठनको अध्यक्षमा शाही निर्वाचित

एमालेको शिक्षक संगठनको अध्यक्षमा शाही निर्वाचित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार ८ असार २०८२

काठमाडौं । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।

यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।