सोमबार,असार ९ ,२०८२,
काठमाण्डौं । आज असार ९ गते सोमबार देशका ४७ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४७ जिल्लामा बाढी र २२ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।
आज इलाम, काभ्रे, काठमाण्डु, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पुर्व नवलपरासी पुर्व, वारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखांची, रुपन्देही, कपिलवस्तु, कास्की, स्यांगजा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत, र आसपासका जिल्ला पई बहने केही स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र बाकस्मिक वाढीको मध्ययम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुंग, पाँचथर खोटांग, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपालचोक नुवाकोट धादिङ, दाङ, रुकुम पश्चिम, रुकुम पुर्व, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, उञ्जेलधुरा, दार्चुला, कैलाली र वासपासका जिल्लाका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ ।
यस्तै आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी महाकाली, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ भने कन्काई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह आसपास अवस्थामा रहेको महासाखाले जनाएको छ ।
प्रतिक्रिया