सुशील पन्तले माधव नेपालको मुद्दामा बहस गरेपछि‘

सुशील पन्तले माधव नेपालको मुद्दामा बहस गरेपछि‘

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, ११ असार २०८२,

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव नेपालका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस पैरवी गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तमाथि प्रश्न उठाएका छन् ।

नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् ।

मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यसविपरीत भएको भनदै उनले प्रश्न गरे । तर, त्यसविपरीत सरकारी वकिलको साटो स्वतन्त्र कानुन व्यवसायी पन्त बहस पैरवीमा उपस्थित भएको भन्दै उनले प्रश्न उठाए । मुद्दालाई अनावश्यक लम्ब्याउन खोजिएको भन्दै उनले प्रश्न उठाएका हुन् ।

‘आरोपपत्रमै अरु कानुन व्यवसायीले बहस पैरवी गर्ने भनेको भए हुन्थ्यो’ उनले भने, ‘नत्र, सरकारी वकिलले बहस गर्ने भनेर अरु कानुन व्यवसायी उपस्थित गराउनुचाहिँ आपत्तिजनक भयो ।’

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री नेपालको थुनछेक बहस जारी छ । विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा अख्तियारका तर्फबाट बहस सकिएपछि अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस थालेका हुन् ।