बिहीबार १२ असार, २०८२
काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको छ ।
विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको हो ।
समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।
समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।
प्रतिक्रिया