मोहन बस्नेतलाई २५ लाख धरौटी

मोहन बस्नेतलाई २५ लाख धरौटी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असार १५,२०८२

काठमाडौं । आइतबार विशेष अदालतले पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको छ ।

टेरामक्स खरिद प्रकरणमा बस्नेतलाई धरौटीमा छोड्न आइतबार विशेष अदालतले आदेश गरेको हो ।

आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि आदेश जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा बस्नेतलाई जेठ १ गते विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।