सोमबार, १६ असार, २०८२
ललितपुर । ललितपुरको जावलाखेलबाट सिके राउतको जनमत पार्टीका पुर्व कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
रौतहत घर भई भक्तपुरको मध्यपुर थिमिमा बसोबास गर्दै आएका दिपु कुमार श्रीवास्तवको निवेदनका आधारमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरिएको हो । निवेदकका अनुसार यादवले मेरो माथिल्लो तहमा राजनितिक पहुँच रहेको र अहिलेको अवस्थामा मैले जे पनि गर्न सक्छु भन्दै बिभिन्न प्रलोभन देखाई श्रीवास्तवबाट पटक पटक गरि बिभिन्न खाता नम्बर मार्फत २२ लाख ६० हजार रकम लिएको बुझिएको छ । तत्पश्चात श्रीवास्तवले कानुनी प्रक्रिया अनुसार प्रहरीमा निवेदन दिएका थिए ।
ललितपुर प्रहरी परिसरका एक प्रहरीका अनुसार , यादवलाई पक्राउ गरिएको र भोली पिडित र पिडक बीच आपसी समझदारी नभएपछि ठगी मुद्धा चलाइने बुझिएको छ ।
यादव केहि महिना अगाडी मात्र ठगी मुद्धामा नै ललिपुरबाट ५ लाख धरौटी बुझाएर छुटेका थिए ।
प्रतिक्रिया