सांसद गोम्बु शेर्पाले असारे गीत गाए , (हो हो सरकार हो, मलबीउ चाहियो हो )

सांसद गोम्बु शेर्पाले असारे गीत गाए , (हो हो सरकार हो, मलबीउ चाहियो हो )

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, असार १६, २०८२

विराटनगर । नेकपा (माओवादी केन्द्र)का सांसद गोम्बु शेर्पाले गीत गाउँदै कोसी प्रदेश सरकारसमक्ष प्रश्न गर्दै कटाक्ष गरेका छन् ।
शेर्पाले भन,े यो मध्यअसारमा पनि मलबीउ नपाएर किसानहरू समस्यामा रहेका छन् ।

कोसी प्रदेशसभाको सोमबार बसेको बैठकमा गीत गाउँदै शेर्पाले किसानका समस्याबारे व्यक्त गर्दै भन्छन् , “ हामी सबैलाई अन्न उत्पादन गरेर पाल्ने, पालनाकर्ता र परिश्रमी तथा मेहनती किसानहरू असारमा समेत पीडित भएका छन् । “

उनले भने, “खेतबारीमा हुनुपर्ने किसान असारको माझमा मल गोदामको अगाडि, कृषि कार्यालयको अगाडि घन्टौसम्म लाइन बस्नु परेको छ । तैपनि मल नपाएर हैरान छन् ।” सरकारले किन मलबीउ समयमै दिन नसकेको भन्दै यो असक्षमता कहिलेसम्म ? भन्दै प्रश्न गरे ।

उनले सरकारले के गरिरहेको छ ? भन्दै कोसी सरकारलाइ प्र्रश्न गरि ध्यानाकर्षण गराएका छन् । । किसानको पीडा र सरकारको गैरजिम्मेवारपन हेर्दा गीत गाउन मन लागेको भन्दै उनले सदनमै – “हो हो सरकार हो, मलबीउ चाहियो हो,” यसरी गीत गाएका थिए ।

शेर्पाले यसअघिको सदनमा मुख्यमन्त्रीको एउटा पोखरीमा हरेक वर्ष करोडौँ बजेट हालिएको भन्दै गीत गाएरै कटाक्ष गरेका थिए ।