२०८२ असार २१ गते
काठमाडौं । शनिबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
भोलि प्रधानमन्त्री संस्कृति, पर्यटन एवं राज्यमन्त्रीले राजीनामा बुझाउने छन्।
सदनलाई पनि भोलि नै जानकारी गराइने अध्यक्ष रन्जिता श्रेष्ठले बताइन्।
आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् । उनले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।
उहाँले पनि भोलि राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्, ‘हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौ
प्रतिक्रिया