६ महिना पछि बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठक १ मिनेटमै समापन

६ महिना पछि बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठक १ मिनेटमै समापन

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२७ असार, २०८२
काठमाडौं ।६ महिना पछि बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठक १ मिनेटमै समापन भएको छ भने मेयर बालेन शाहले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १० असारसम्म स्थानीय तहको बजेट ल्याइसक्नुपर्छ ।

स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनलाई मान्दा स्थानीय तहले १० असारभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था छ । तर, त्यो मिति पनि घर्काएर ७ महिनापछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्यो । त्यो पनि एक मिनेट ।

त्यसअघि शुक्रबार बिहान ११ बजे काठमाडौं महानगरको स्रोत समितिको बैठक बसेको थियो, जसमा मेयर बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको झन्डै ६ महिनापछि संयुक्त देखभेट भयो । त्यसअघि उनीहरु छुट्टाछुट्टै भेट्ने गरे पनि एकै ठाउँमा भेटिएका थिएनन् ।

लामो समयपछिको यो भेटमा पनि उनीहरू एकअर्काप्रति खुलेका देखिँदैनन् । बैठकमा सहभागी एक सदस्यका अनुसार त्यहाँ सबैको भावभङ्गी केबल ‘औपचारिक’ देखिन्थ्यो ।

करिब ३ बज्नै लाग्दा कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा गुरागाईं र मेयर बालेनबीच ‘औपचारिक’ देखादेखबाहेक केही भएन । मेयर बालेनले गुरागाईंलाई सम्बोधन पनि गरेनन् । सिधै ‘कर्मचारी साथीहरू’ भन्दै बालेनले सम्बोधन गरे ।
उपमेयर सुनिता डंगोललाई सम्बोधन गरेका बालेनले बाँकी सबैलाई एकमुष्ट सम्बोधन गरेर सिधै विषय प्रवेश गरेका थिए । ‘मेयरज्यूले सम्बोधन गर्दा नाम पनि लिनुभएन । त्यसबाहेक अनौपचारिक रुपमा बोल्ने र हात मिलाउने गरेको पनि हामीले देखेनौँ,’ बैठकमा उपस्थित एक सदस्यले बताए । हतारहतार सम्बोधन सकेर विषय प्रवेश गरेका मेयरले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने जानकारी दिए । त्यसका लागि आइतबार दिनको २ बजे फेरि नगरसभा बस्नेछ । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।