संखुवासभामा खोलामा आकस्मिक बहाब बढ्न सक्ने वर्षा, सतर्कता अपनाउन आग्र
आइतबार, असार २९, २०८२
काठमाडौं । संखुवासभामा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टामा संखुवासभास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने अनुमान विभागको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
असार २९ गते, राति १०स्२० बजे । पछिल्लो ३ घण्टामा संखुवासभास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाइराखौँ, विभागले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया