राप्रपाले छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने

राप्रपाले छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, साउन ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले भने, “अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । भ्रष्टचारमा संलग्न रहेको कुरा आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसद्‌मा विरोध गरिराख्छौँ ।”

उनले सरकारलाई सच्चिन पनि आग्रह गरे । उनले समय आउने बित्तिकै आफूहरू सडकमा जाने पनि चेतावनी दिए ।