मंगलबार, साउन १३, २०८२
काठमाडौं । वाग्मती सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले आजै मुख्यमन्त्री बहादुरसिंह लामालाई भेटेर राजीनामा बुझाएका हुन् ।
विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि वाग्मती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएको छु, खड्काले राजीनामा पत्रमा भनेका छन् ।
उनले इन्द्र बानियाँलाई समर्थन गर्न राजीनामा दिएको स्रोत बताउँछ ।
संसदीय दलको नेता हटाउन सुरु भएको वाग्मती कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । ०७९ मा संसदीय दलको नेतामा लामासँग पराजित भएका बानियाँ अहिले सांसदहरूलाई आफूतिर तानेर संसदीय दलको नेता फेर्ने कसरतमा छन् ।
प्रतिक्रिया