इन्दिराले जितिन् ‘मिसेस ग्लोबल नेपाल–२०२५’ को ताज

इन्दिराले जितिन् ‘मिसेस ग्लोबल नेपाल–२०२५’ को ताज

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘मिसेस ग्लोबल नेपाल २०२५’ को ताज इन्दिरा घिमिरेले जितेकी छन् । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन् ।

ताजसँगै उनले एन।एफ।इ।ए।लन्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरिन् । प्रतियोगितामा फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेन्ड रनर अप सृजना घिमिरे सिवाकोटी भए ।

करिब एक दर्जन बढी प्रतियोगीहरूले प्रस्तुति दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरूले परिचय, वेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलिचाली अभ्यास, स्टेज प्रस्तुति, फोटो सुट, क्याटवाक, बौद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतीकरण लगायतका विषयमा ज्ञान हासिल गरेका थिए ।

आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको वेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो । कार्यक्रमको बिचमा कलाकारहरूको प्रस्तुतिले दर्शकहरू आनन्द मानिरहेका थिए भने कोरियोग्राफर सुब्बाको विशेष क्याटवाकमा हुटिङ नै चलेको थियो ।

विविध सबटाइटल अवार्डसमेत बाँडिएको सो कार्यक्रममा मोस्ट एट्राक्टिभ इन्दिरा घिमिरे, मोस्ट डाइनामिक आशा घर्ती क्षेत्री, मोस्ट स्मार्ट लक्ष्मी खड्का राई, मोस्ट चार्मिङ कल्याणीदेवी थापा, मोस्ट कन्फिडेन्ट सृजना घिमिरे सिवाकोटी, मोस्ट प्यासोनेट दिया बर्देबा, मोस्ट याक्टिभ रिता चौधरी, मोस्ट डिसेन्ट उमाकुमारी तामाङ, वेस्ट पर्सनालिटी मिना श्रेष्ठ, वेस्ट ट्यालेन्ट सन्ध्या नेपाल, वेस्ट फोटोजेनिक तारा तण्डुकार, मोस्ट डिलाइटफुल कविता अधिकारी, मोस्ट डिलिजेन्ट विमला अधिकारी, मोस्ट डेडिकेटेड मञ्जु राई एवं मोस्ट पपुलर तारा तण्डुकार, पब्लिक च्वाइस भिडियो रिता चौधरी, वेस्ट मल्टिमिडिया सन्ध्या नेपाल र वेस्ट ड्रेस रिता चौधरीले जित्न सफल भएका हुन् ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक तथा निर्देशक मनिष राउत, क्यापिटल क्विन नेपाल २०२५ एवं फेसन डिजाइनर करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलोजिस्ट युनिषा शाही रहेका थिए ।

विवाहित महिलाहरूको प्रतिभा उजागरणका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोबल शृङ्खला अन्तर्गत आठौँ संस्करण हो ।