चितवनका स्थायी बासिन्दा डा. नन्द रेग्मी युनिभर्सिटी अफ टेक्ससको साउथ वेस्टर्न मेडिकल सेन्टरमा बायोमेडिकल वैज्ञानिकका रूपमा कार्यरत छन्।
हाल उनी डिपार्टमेन्ट अफ पिडियाट्रिक्समा बालबालिकालाई लाग्ने मस्तिष्क रोगबारे अनुसन्धान गर्दैछन्।
अमेरिका जानुअघि उनले चितवनको रामपुर कृषि क्याम्पसमा पाँच वर्ष पढाए। उकेही समय नेपाल सरकारको निजामती सेवा अन्तर्गत पशु सेवा विभागमा क्वारेन्टाइन अधिकृत भएर पनि काम गरे।
उनले ड्रग मेटाबोलिजम एन्ड फर्माकोकाइनेटिक्स विषयमा जापानबाट विद्यावारिधि गरेका थिए। पछि पोस्ट डक्टरल फेलोसिप पाएर अमेरिका गए।
उनले सन् २००८ मा युनिभर्सिटी अफ टेक्ससबाट पोस्ट डक्टरल अनुसन्धान पूरा गरे। त्यसपछि उनी त्यही युनिभर्सिटीमा कार्यरत छन्।
मेरो अहिलेको अनुसन्धान मानव मस्तिष्कसँग सम्बन्धित छ उनले भने।
फेलोसिप पूरा गरेपछि उनले डिपार्टमेन्ट अफ साइकियाट्रिक्समा काम गरे। त्यसपछि डिपार्टमेन्ट अफ मेडिसिन र डिपार्टमेन्ट अफ न्युरोलोजी हुँदै डिपार्टमेन्ट अफ पिडियाट्रिक्समा पुगेका हुन्।
उनले नेपालमा भेटेरिनेरियन पशुरोग चिकित्सक का रूपमा करिअर सुरू गरेका थिए। हाल ह्युमन मानव जिनमा केन्द्रित रहेर अनुसन्धान गर्दैछन्।
मानव मस्तिष्कबारे बुझ्न धेरै बाँकी रहेकाले आफ्नो ध्यान यसमै केन्द्रित रहेको उनको भनाइ छ।
युनिभर्सिटी अफ टेक्ससको साउथ वेस्टर्न मेडिकल सेन्टरमा साइक्याट्रिक, इन्टरनल मेडिसिन र न्युरोलोजी डिपार्टमेन्टहरूमा काम गर्दा अलग अलग अनुभव गर्न पाएँ। पिडियाट्रिक्स डिपार्टमेन्टमा अलग्गै अनुभव गर्दैछु,ु उनले भने, ुबालबालिकाको स्नायु प्रणालीमा आउने समस्या र यसको उपचारमा प्रयोग हुने जिन थेरापीबारे अनुसन्धान हुँदैछ। यसको परीक्षण पनि भइरहेको छ। सफलता पाउन बाँकी छ।
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिक अनुसन्धाता भएर काम गरिरहेका भए पनि डा। नन्द आफूलाई सामाजिक अभियानी भनेर चिनाउँछन्।
उनी सन् २००९ देखि अमेरिकामा रक्तदान अभियानमा केन्द्रित छन्। त्यही वर्ष उनीसहित नेपालीहरूको सक्रियतामा ब्लड डोनर्स अफ अमेरिका नामको संस्था स्थापना भयो।
अनुसन्धानको काम एकातिर छ। समाज हितको काम अर्कोतिर रहन्छ। म समाजको हितका लागि रक्तदान अभियानमा सक्रिय भएँ उनले भने सन् २०१२ मा ब्लड डोनर्स अफ अमेरिकाको सक्रियातमा रक्तदान सुरू भयो। सन् २०१६ मा भएको पहिलो राष्ट्रिय सम्मेलनबाट म संस्थाको अध्यक्ष चयन भएँ।
यो संस्थामा प्रत्येक दुई वर्षमा नयाँ नेतृत्व चयन हुन्छ।
उनका अनुसार ब्लड डोनर्स अफ अमेरिका त्यहाँका २८ वटा राज्यमा फैलिएको छ। संस्थामा अधिकांशतः नेपालीभाषी अमेरिकीहरू सक्रिय छन्।
डा . नन्दलाई अमेरिकामा रहेका नेपालीहरूको स्वास्थ्योपचारको कुराले रक्तदान अभियानमा लाग्न प्रेरित गरेको हो।
अमेरिकामा स्वास्थ्य बीमा धेरै महँगो छ। रक्तदान गर्ने बेलामा रक्तदाताको आधारभूत स्वस्थ्य परीक्षण गरिन्छ। यसो गर्दा परीक्षणको खर्च जोगिन्छ,ु उनले भने, ुरक्तदानबाट कुनै बिरामीलाई चाहिने रगतको आवश्यकता पूरा हुने र उसको ज्यान बच्ने त छँदैछ। स्वास्थ्यका दृष्टिकोणले रक्तदातालई धेरै फाइदा छ।
ब्लड डोनर्स अफ अमेरिकाले रक्तदानको महत्त्व, रक्तदाताको स्वास्थ्यमा हुने फाइदा र आधारभूत स्वास्थ्य परीक्षण खर्चमा हुने बचत लगायतमा अमेरिकामा रहेका नेपालीहरूका लागि जनचेतनामूलक कार्यक्रम पनि चलाउने गरेको छ।
उनका अनुसार अमेरिकामा रक्तदान गर्दा रक्तचाप, मुटुको ढुकढुकी, आइरन, हेमोग्लोबिन, कोलेस्टेरोल लगायत परीक्षण गरिन्छ। यी बाहेक १४ किसिमका रोगको अलग्गै परीक्षण हुन्छ।
प्रतिक्रिया