औषधि व्यवस्था विभागले पुराना गाडी र कम्प्युटर लिलामीमा बेच्दै

औषधि व्यवस्था विभागले पुराना गाडी र कम्प्युटर लिलामीमा बेच्दै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । औषधी व्यवस्था विभागले पुराना सवारी साधन, कम्प्युटर, फर्निचर लगायतका सामानहरू लिलाममार्फत बिक्री गर्ने भएको छ ।

विभागले मंगलबार सूचना प्रकाशित गरी पुराना तथा प्रयोगमा नआएका सामानहरू खरिदका लागि इच्छुक व्यक्ति, फर्म वा कम्पनीसँग सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

विभागले लिलामीमा राखेका सामानहरूलाई तीन समूहमा वर्गीकरण गरेको छ । पहिलो समूहमा ३ वटा मोटर र ३ वटा मोटरसाइकल गरी ६ वटा सवारी साधन रहेका छन् । जसको न्यूनतम मूल्य ३ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।

सूचनामा यी सवारी साधनहरूको नामसारी तथा स्वामित्व हस्तान्तरण नहुने उल्लेख गरिएको छ । त्यसैगरी, दोस्रो समूहमा पुराना कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर र युपीएस जस्ता इलेक्ट्रोनिक उपकरणहरू छन् ।

यस समूहका सामानहरूको न्यूनतम मूल्य ३ लाख ४२ रुपैयाँ कायम गरिएको छ ।तेस्रो समूहमा कार्यालयका फर्निचर, अन्य औजार तथा उपकरणहरू रहेका छन् । जसको न्यूनतम मूल्य ६० हजार २१८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।