एन्टा तेक्वान्दो ग्रान्डस्लाम युथ लिग : आरुसी र तभिसालाई स्वर्ण

एन्टा तेक्वान्दो ग्रान्डस्लाम युथ लिग : आरुसी र तभिसालाई स्वर्ण

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  , नेपालका आरुसी थिङ र तभिसा तामाङले एन्टा तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा स्वर्ण पदक जितेका छन् । चीनको छेन्दुस्थित सुआङलिउ स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगितामा आरुसीले यू–१० व्यक्तिगत पुम्से र तभिसाले यू–१२ व्यक्तिगत पुम्सेमै स्वर्ण पदक जितेका हुन् ।

यस्तै यू–१२ व्यक्तिगत पुम्सेमै वर्षा तामाङ, ग्योरोगीको छात्र ३४ केजी तौल समूहमा आयु राय र भीआर इभेन्टमा कुमार तामाङले पनि स्वर्ण पदक जितेका थिए । यस्तै ग्योरोगीको ३८ केजीमुनि तौल समूहमा निकी थिङ, ५८ केजीमुनि अभेष खत्री र यू–१६ व्यक्तिगत पुम्सेमा सुजल बाँस्कोटाले रजत पदक जितेका थिए ।

यसैगरी यू–१४ व्यक्तिगत पुम्सेमा पविना घले, ग्योरोगीको २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीमुनि सफल गुरुङ र ३६ केजीमुनि साग गुरुङले कांस्य पदकमा चित्त बुझाए । प्रतियोगितामा प्रविण खड्गीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विकेशले सन् २०२३ जुलाई ७ देखि १० तारिखसम्म थाइल्यान्डको बैंककमा भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका थिए । उनले ग्योरोगी र पारा तेक्वान्दोको लेभल वान प्रशिक्षण कोर्स पनि उतीर्ण गरेका छन् । उनले केही समयअघि मात्रै काजकिस्ताको अस्तानामा भएको काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता ९जी–वान० मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । विकेशले अल्टिमेट डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन पनि गर्दै आएका छन् ।

विकेशले जर्मनीमा आयोजना भएको वल्र्ड युनिभर्सिटी गेम्समा भने प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी काठमाडौं जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष पनि हुन् ।