प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु पर्छ : कुलमान

प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु पर्छ : कुलमान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु स्वागत गर्नुपर्ने बताएका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा शनिवार आयोजित सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठुलो अपेक्षा राखेको बताए।

खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम ९रेमिटेन्स० बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एयरपोर्ट देखि नै दुख दिने गरिएको उनले बताए।

विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरूले सम्मान पाउन सक्नु भएको छैन,ु उनले भने।

आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा आइपुगेको बताउँदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तबसम्म कसैको पनि इज्जत नबढ्ने बताए।

उनले जनतालाई केन्द्रमा राखेर सामाजिकआर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने बताए।