सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ ।

मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले रातोपाटीलाई बताए ।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् ।

सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।