एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो

एकैपटक सुनको मूल्य २३०० रुपैयाँ बढ्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो ।

जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । शनिबार भने महासंघले मूल्य तोक्ने गरेको छैन ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो ।