ओली नेतृत्वको मन्त्रिपरिषद्का तीन मन्त्री परिवर्तन हुने निश्चित

ओली नेतृत्वको मन्त्रिपरिषद्का तीन मन्त्री परिवर्तन हुने निश्चित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का तीन मन्त्री परिवर्तन हुने निश्चित भएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई परिवर्तन गर्ने औपचारिक पत्र प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

ओली नेतृत्वको मन्त्रिपरिषदमा जसपाबाट खानेपानी मन्त्रीमा प्रदीप यादव र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नवलकिशोर साह सुडी छन् । लोसपाबाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारी छन् ।

लोसपाले आफ्नो पार्टीका मन्त्री परिवर्तनका लागि गत साउन ५ गते नै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएको वरिष्ठ सहअध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । ‘हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरले साउन ५ गते नै प्रधानमन्त्रीलाई हाम्रो पार्टीका मन्त्री परिवर्तन गर्ने पत्र बुझाउनुभएको हो,’ शुक्लाले रातोपाटीसँग भने– ‘प्रधानमन्त्रीज्यूले अरू केही मन्त्री पनि परिवर्तन गर्नुपर्नेछ । सँगै गर्छु भन्नुभएको हो । अब गर्नुहोला ।’

जसपाले भने यसअघि बसेको बैठकबाट निर्णय गरी पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो । जसपा उपाध्यक्ष परशुराम बस्नेतले मन्त्रीहरू प्रदीप यादव र नवलकिशोर साह हुडीलाई फिर्ता बोलाएर डा।वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको बताए । उनका अनुसार डा। महतो खानेपानी र ठाकुर महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नेछन् ।

बस्नेतले दुवै मन्त्रीले भदौ ११ गते पदबाट राजीनामा दिने जानकारी दिए । ‘सरकारमा हाम्रो पार्टीबाट मन्त्री रहनुभएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ,’ उपाध्यक्ष बस्नेतले भने ।

लोसपाबाट भने नयाँ मन्त्रीमा शुक्लाको नाम पठाइएको छ । शुक्लाले भण्डारीले नै सम्हालेको मन्त्रालय सम्हाल्ने बताइएको छ । तपाईं मन्त्री बन्न लाग्नुभएको हो भन्ने रातोपाटीको प्रश्नमा शुक्लाले भने, ‘पार्टीले नाम सिफारिस गरेको छ ।’

दुवै दलले मन्त्रीमा पठाउँदा सांसदहरूलाई एक एक वर्षका लागि भनेर मन्त्री बनाएका थिए ।