नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोडा कम्पनीको आयोजनामा ग्ल्यामर रनवे मोडल–२०२५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ललितपुरको पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसिसहित कलाकार आनन्द कार्की, प्रमोद अग्रहरी, मुस्कान ढकाल, बिमल अधिकारी, डा. नविन शाह, विनोद ढकाललगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

फिनालेमा महिलातर्फ कञ्चन नेपाली विजेता घोषित भएकी छन् भने रितु तामाङ प्रथम उपविजेता र मानसी केसी द्वितीय उपविजेता बनेकी छन्। आयोजकको रोजाइ पुरस्कार हिरा आचार्यले पाएकी छन्। पुरुषतर्फ विभेद पौडेल विजेता बनेका छन् भने दर्शकको रोजाइ आर्यभट्टचन भएका छन्।
१८ देखि २७ वर्ष उमेर समूहका युवा–युवती सहभागी भएको उक्त प्रतियोगिताबारे कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुपम गौतमले पाँच वर्षभित्रै यस शोले नेपालकै मोडलिङ र ग्ल्यामर क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले युवापुस्तालाई आत्मनिर्भर बनाउने र नयाँ अवसरहरूको बाटो खोल्ने यस कार्यक्रमले जलवायु परिवर्तनदेखि सामाजिक मुद्दासम्ममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दरिलो उपस्थिति जनाउने दाबी गरे ।