विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, असोज २७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सो कार्यक्रममा उनले भौगोलिकरूपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको बताए ।

नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुक्खालगायत प्राकृतिक तथा मानव सिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उनले बताए । उनले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए ।

संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए । केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरू क्रियाशील रहेको उनको भनाइ छ । उनले बाढी तथा डुबानजस्ता जोखिमहरूको पूर्वजानकारीका लागि अर्ली वार्निङ सिस्टमुको विस्तार गरिएको पनि जानकारी दिए ।

“केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका थुप्रै संयन्त्रहरू क्रियाशील छन् । सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चार जगत्, नागरिक समाजलगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागितात्मक क्रियाशीलताले विपद् व्यवस्थापनको कार्यहरूले सफलता पाउँदै गएका छन्,” उनले भने ।

उनले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको बताए । विपद् जोखिम न्यूनीकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाइ छ । नीति निर्माणदेखि कार्यान्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उनले बताए ।