काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो ठुलो गल्ती भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै मुख्यमन्त्री थापाले आफूले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई हटाएर नयाँ नेतृत्व आउनुपर्छ भन्दै बोल्ने लेख्ने गरेपछि १४ औँ महाधिवेशनमा सभापति नलडेर महामन्त्री लड्नु नै गल्ती भएको बताए ।
‘२०७८ मा भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भयो भन्ने अहिले लाग्छ,’ थापाले बैठकमा धारणा व्यक्त गर्दै भने– ‘मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए । तर, १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।’
आफूले पार्टीभित्र रहेको सिनियर नेताहरूको जन्जिर जति भत्काउन पर्थ्यो त्यो भन्काउन नसकेको पनि स्वीकार गरे । थापाले २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबारे पनि कुरा उठाए उनले पालिकाको नाम नलिई एउटा पालिकाको विषयमा राम्रो निर्णय गरेनौँ भने ठुलो मूल्य चुकाउनुपर्छ भनेर सभापतिलाई जानकारी गराएको र अहिले त्यही भएको बताए ।
‘मैले सभापतिलाई उतिबेलै भनेको थिए, एउटा पालिकामा हामीले राम्रो निर्णय गरेनौ भने त्यहाँ एउटा पात्र आउँछ त्यसले हामीले ठुलो मूल्य चुकाउनुपर्छ,’ थापाले त्यो बेलाको भनाइ स्मरण गर्दै भने( ‘तर, सभापतिले मैले बचन दिइसके अब सकिन्न भन्नुभयो । सबै सिनियर नेताले भनेकाले हुन्छ भने त्यो पनि मेरो गल्ती भयो ।’
०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाउँदा बनाउन हुन्न भनेपछि आफू निर्वाचन नलड्नु पर्ने भए पनि लडेर गल्ती गरेको पनि थापाले बताए ।
आफूले प्रतिनिधिसभामा तत्कालीन नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाललाई मत नहाल्न र कांग्रेस र एमालेबिच गठबन्धन गर्न हुन्न भनेको जानकारी दिए । त्यो विरोधमा बाहिर आन्दोलन गर्नुपर्ने भए पनि नगरेकोमा अहिले पश्चात्ताप लागेको बताए । त्यही विषयलाई उठाएर नेता बदल्न लाग्ने पर्ने भए पनि नलागेर गलत गरेको अहिले लागेको थापाको भनाइ थियो ।
प्रतिक्रिया