प्रभाकरलाई प्रधानमन्त्री बनाउने सपना अपुरै रह्येा – अनल

प्रभाकरलाई प्रधानमन्त्री बनाउने सपना अपुरै रह्येा – अनल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम त्रिबेणी गाँउपालीकाकेा आयेाजनामा पार्टीकेा बिस्तारित बैठकमा गेापाल शर्मा (अनल)ले जनार्दन शर्मा प्रभाकरलाई प्रधानमन्त्री मनाउने सपना अपुरै रहेकेा बताएका छन् ।

रुकुमेली जनता र रुकुमका  नेता कार्यकर्ताले सबै मिलेर १ जितायैा २ पटक जीतायैा ३ पटक जीतायैा ४ पटक पनि जितायैा पाँचैा पटक पनि उहाँलाई रुकुमवाट बिजय बनाएर प्रधानमन्त्री बनाउने रुकुमेली जनता , सहिद , घाईते , अपाङ्ग, ब्यपत्ता वरिवारहरुकेा सपनामा कुठाराघात गरेकेा  अनलले बताएका छन् ।

हिजेा हामी र हाम्रेा सिङगेा टिमलाई जनार्दन भएपुग्छ भन्ने लाग्येा ,अहिले उहाँले बाटेा बिराएपछि हामीले रुकुमकेा बिरासत जेागाउनु पर्ने आफुहरुकेा मुख्य जिम्मेवारी भएकेा धारणा राखेका छन् ।

लगातार हामिले २० बर्षदेखी प्रभाकरलाई  साथ दिदै आयैा  प्रभाकरलाई महान नेता भन्यैा तर महान नेतानै गद्दार निस्किएपछि  बिरासत जेागाउन पर्ने  आजकेा आबस्यक्ता भएकेा नेता कार्यकर्ताले बुझ्नुपर्ने पनि उनले बताए ।

प्रभाकरसँगकेा पछिल्लेा भेटघाटकेा स्मरण गर्दै अनल भन्छन ‘ नयाँ ढंगले हामी अगाडि बढनु पर्छ र जेन्जी आन्देालन र देशकेा पछिल्लेा अबस्था अनुसार प्रचण्डलाई अब नेता नबन्ने र प्रचण्डलाई नेता नमान्ने प्रभाकरले बताएपछि म त्यहाँवाट निस्कन लग्दा उहाँले मलाई लेाभमा परेकेा आरेाप  लगाउनु भयेा, म आज पनि भन्छु अनल नहिजेा नआज नभेाली लेाभमा पर्छ भनेर प्रभाकरसँग छुट्टिए ‘ ।

आगामी फाल्गुण २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा पनि पार्टिले बिस्वास गरे आफै चुनाब लडने अन्यथा पार्टीले टिकट अरु कसैलाई दिए खुलेरअग्रपंतिमा प्रचार प्रसार गर्न आफु तत्पर रहेकेा समेत कार्यकर्तालाई सुनाए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ४० वर्षदेखिको साथ छाड्दै जनार्दन शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गर्दै ‘प्रगतिशील अभियान, नेपाल’ नाम दिएर नयाँ अभियान थालेपछि रुकुममा रुकुमेपुर्वमाअेावादीहरु दुईचिरा भएका छन्।

कार्यक्रममा अन्य नेताहरु बसन्त शर्मा , बिमला के. सी , नरबहादुर पुन , कलबहादुर नाथ ,झक्कुप्रसाद घर्ती , रातेा कामी, पारसमनी ,हेासियार लगाएत नेताहरुले पनि आ – आफ्नेा धारणा प्रस्तुत गरेका थिए ।