कार दुर्घटनामा चारजना घाइते

कार दुर्घटनामा चारजना घाइते

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, फागुन १८, २०८२

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि सोमबार (फागुन १८) कार दुर्घटना भएको छ ।

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो । कारमा सवार पाँचमध्ये चारजना घाइते भएका छन् ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको छ । उद्धारपश्चात घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुरतर्फ पठाइएको सशस्त्रका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।