मंगलबार, फागुन १९, २०२६
पेन्टागन, वािसङ्टन डीसी। हिजो (२०२६ मार्च २) अमेरिकी रक्षा मन्त्री (सेक्रेटरी अफ वार) पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पेन्टागनमा आयोजित एक पत्रकार सम्मेलनमा इरान विरुद्ध चलिरहेको सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ को बारेमा महत्वपूर्ण जानकारी दिएका थिए ।
मुख्य जानकारीहरूः
सैन्य अभियानको उद्देश्यः यो अपरेशनको मुख्य लक्ष्य इरानको आक्रामक मिसाइल क्षमता, मिसाइल उत्पादन केन्द्रहरू र इरानी नौसेनालाई नष्ट गर्नु रहेको रक्षा मन्त्री हेगसेथले बताए।
परमाणु हतियारमा रोकः इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिने अमेरिकाको दृढ संकल्प रहेको उनले स्पष्ट पारे।
इजरायलको सहभागितास् यो अभियानमा इजरायली सेनासँगको समन्वयमा ऐतिहासिक स्तरको सैन्य परिचालन भइरहेको जनरल केनले जानकारी दिए। पहिलो २४ घण्टामा मात्रै १,००० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरिएको छ।
अमेरिकी हताहतीस् अपरेशनका क्रममा हालसम्म ४ जना अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको पुष्टि गरिएको छ। साथै, प्राविधिक कारणले ३ वटा एफ १५ विमानहरू पनि गुमाउनु परेको जनरल केनले बताए।
नयाँ रणनीतिः हेगसेथका अनुसार यो विगतका इराक वा अफगानिस्तान जस्तो अन्तहीन युद्धू हुने छैन। यो एक निश्चित लक्ष्यमा आधारित निर्णायक सैन्य कारबाही हो।
यो समाचार पेन्टागनमा रक्षा मन्त्री पिट हेगसेथ र जनरल ड्यान केनले दिएको आधिकारिक भिडियो ब्रिफिङ र Diario AS द्वारा प्रसारित फुटेजमा आधारित छ।
प्रतिक्रिया